एनआरएनए तान्जानियाको प्रथम अबिधेशन सम्पन्न
गैरआवासीय नेपाली संघ (एनआरनए) तान्जानियाको १४ जुलाइमा सम्पन्न प्रथम महाधिबेशनले भिमसेन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
तान्जानियाको दार ए सलामस्थित उपांगा क्लबको सभाहलमा सम्पन्न उक्त महाधिबेशनले उपाध्यक्षद्धयमा रमेश कुमार पौडेल, प्रेम प्रसाद गुरुङ, महासचिबमा सर्बेश जोशी, सचिबमा दिनेश प्रजापति र कोषाध्यक्षमा शुबास चन्द्र लुइलेटललाई सर्वसम्मत चयन गरेको छ । साथै महिला संयोजकमा प्रिथिमाया डोमागाला र युवा संयोजकमा हिमनाथ अधिकारी रहेका छन भने सदस्यहरुमा रामजित दराई, डिल्लीराज खरेल, मिलन गुरुङ, कृष्ण सुनार, गंगे दमाई, रोजन राज घिमीरे, सोम दर्लामी र दयानीधि सुबेदीलाई चयन गरिएको छ ।
त्यसैगरी उपाध्यक्ष्य गुरुङ र सदस्य दलार्मी अरुषा क्षेत्रबाट तथा सुबेदी जान्जिरबार क्षेत्रबाट प्रतिधित्व गर्छन भने अन्य दार ए सलामबाट प्रतिनिधित्व गर्दछन ।