एनआरएनएको घाना साखा स्थापना
पश्चिम अफ्रिकी राष्ट्र घानामा गैरआवासीय नेपाली संघको ६ औ साखाको रुपमा घाना साखा स्थापना भएको छ ।
एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाको पहलमा स्थापना भएको उक्त साखाको अध्यक्षमा डाक्टर हरिकृष्ण बास्कोटा, उपाध्यक्षमा मिन बहादुर मगर, महासचिब इरा प्रधान, कोषाध्यक्ष कपिल खराल, महिला संयोजक शोभना श्रेष्ठ, युवा संयोजक विजय दुलाल रहनु भएको छ भने सदस्यहरूमा गगन थापा, अर्जुन श्रेष्ठ, बिमल तन्दुलकार, गोविन्द आचार्य, बैकुण्ठ पौडे, र सुरेन्द्र प्रधान रहनु भएको छ ।
अफ्रिकी मुलक घानामा १ सय भन्दा बढी नेपालीहरू विभिन्न पेशामा कार्यरत रहेका छन ।